मन्थलीमा कांग्रेस र रामेछाप नगरपालिकामा एमालेको अग्रता



१ जेठ, रामेछाप ।
रामेछापको ८ स्थानीय तहमा नै मतगणना गर्ने कार्य सुरु भएको छ । रामेछापको सुनापति गाउँपालिका, दोरम्बा गाउँपालिका, खाडाँदवी गाउँपालिका, लिखु गाउँपालिका, गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिमा मतगणना कार्य जारी छ ।

त्यसैगरी रामेछापका २ नगरपालिका मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा पनि मतगणना कार्य जारी छ । मन्थली नगरपालिकामा कांग्रेसका विनोद कार्कीले ३ सय ४७, उपप्रमुखमा गंगा अधिकारी ३ सय ९२, एमालेका रमेश बस्नेत ३ सय १, उपप्रमुखमा माया कार्की २ सय ७२ र माओवादी केन्द्रका तारानारायण श्रेष्ठ २ सय ७३, उपप्रमुखमा रितादेवी घिमिरे २ सय ११ मत प्राप्त गरेका छन् ।
त्यसैगरी रामेछाप नगरपालिकामा पनि मतगणना कार्य जारी छ । अहिलेसम्मको मतगणना अनुसार एमालेका रोशन पाख्रिनले अग्रता लिएका छन् । एमालेका नगर प्रमुखका उम्मेदवार रोशन पाख्रिन १ सय ६२, उपमेयर शान्ता सापकोटा १ सय ६०, कांग्रेसका नरबहादुर थापामगर १ सय १५, उपप्रमुखमा सिर्जन खड्का १ सय १३,माओवादी केन्द्रका शिसिर खड्की ८५, उपप्रमुखमा इन्दिरा बख्रेलले ७५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी लिखु गाउँपालिका पनि एमालेले अग्रता लिएको छ । लिखु गाउँपालिकामा  एमालेबाट अध्यक्ष बनेका गोविन्द खड्का २ सय ६६, कांग्रेसका चन्द्र राउत १ सय ६६ र माओवादी केन्द्र ८१ मत प्राप्त गरेको छ ।

गोकुलगंगा गाउँपालिमा ८ मत गनिएको छ । गोकुल गाउँपालिकामा एमालले अग्रता लिएको छ । गोकुलगंगा गाउँपालिकामा एमाले ३ सय ३५, कांग्रेस २ सय ९२ र माओवादीले ६० मत प्राप्त गरेको छ । त्यसैगरी बाँकी गाउँपालिका पनि मतगणना कार्य जारी छ ।

सुनापति गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । सुनापति गाउँपालिकाको अध्यक्षमा कांग्रेसका जितेन्द्र मोक्तान ४८, उपाध्यक्षमा विनिता खडका ४८, माओवादी केन्द्रका धावा लामा २७, उपाध्यक्षमा गिता विष्ट २५, एमालेका प्रदिप योञ्जन ११ उपाध्यक्षमा पासाङ डोल्मा लामा १० मत प्राप्त गरेका छिन् ।

प्रतिक्रिया दिनुहोस्