रामेछापको ८ स्थानीय तहमा मत परिणाम अपडेट



१ जेठ, रामेछाप ।

रामेछापको खाडँदेवी गाउँपालिकामा माओवादीले अग्रता लिएको छ । खाडाँदेवी गाउँपालिकामा माओवादीले ५१, एमालेले १५ र कांग्रेसले ३१ मत प्राप्त गरेको छ । त्यसैगरी उपाधयक्षमा माओवादीले ५२, एमालेले १९ र कांग्रेसले २५ मत प्राप्त गरेको छ ।

रामेछापको ८ वटै स्थानीय तहमा मतगणना जारी रहेको छ । पछिल्लो मतपरिणाम अनुसार मन्थली नगरपालिकामा १४ सय मतगणना सम्पन्न भएको छ ।

रामेछापको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार गणना गरिएको मत मध्ये कांग्रेसका नगर प्रमुख विनोद कार्की ४ सय ७२, माओवादीका नगर प्रमुख तारानारायण श्रेष्ठ ४ सय २ र एमालेका नगर प्रमुख रमेश बस्नेतले ३ सय ६९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नगर उपप्रमुखमा कांग्रेस ५ सय ६१, एमाले ३ सय १९ र माओवादी ३ सय ६९ मत प्राप्त गरेका छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिमा एमाले अग्रता दिएको छ । गाउँपालिकाको अध्यक्षमा एमालेले ४०१, कांग्रेस ३६७, माओवादी केन्द्र ७१ र उपाध्यक्षमा एमाले ४६९, कांग्रेस ४०१ र माओवादी ७४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्