दोरम्बा,उमाकुण्ड र खाँडादेवी गाउँपालिकामा मतगणना जारी



१ जेठ, रामेछाप ।
रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका, खाँडादेवी गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा मतगणना जारी रहेको छ । दोरम्बा गाउँपालिकामा एमालेले अग्रता लिएको छ । एमालेले २०६, कांग्रेस ४९, माओवादी केन्द्रले १०९ मत ल्याएका छन् । त्यसैगरी उपाध्यक्षमा कांग्रेस ४६, एमाले १९१ र माओवादी केन्द्रले १३० मत प्राप्त गरेका छन् ।
खाडाँदेवी गाउँपालिकामा भने माओवादी केन्द्रले अग्रता लिएको छ ।
खाडाँदेवी गाउँपालिकामा माओवादीले ५१, कांग्रेस ३१ र एमालेले १५ मत प्राप्त गरेका छ । उपाध्यक्षमा कांग्रेस २५, एमाले १९ र माओवादीले ५२ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्