रामेछापको ८ वटा स्थानीय तहमा यस्तो छ मत परिणाम



१ जेठ, रामेछाप ।
रामेछापको ८ वटै स्थानीय तहमा मतगणना कार्य जारी रहेको छ । पछिल्लो मतगणाना अनुसार रामेछापका मन्थली नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । नगरपालिकाको नगर प्रमुखमा कांग्रेस ७८४, नगर उप्रमुखमा ८५९, एमालेले नगर प्रमुखमा ५८१, उपप्रमुखमा ५७५, माओवादी केन्द्रले प्रमुखमा ६२०, उप्रमुखमा ४८० मत प्राप्त गरेको छ ।
त्यसैगरी रामेछाप नगरपालिकामा एमालेले अग्रता लिएको छ ।

नगरपालिकाको नगर प्रमुखमा कांग्रेस २७५, उपप्रमुखमा १७३, प्रमुखमा एमालेले २९६ र माओवादी केन्द्रले १५४ मत प्राप्त गरेका छन् । गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा कांग्रेस ५६५, एमाले ७२२ र माओवादी केन्द्र २२६ मत प्राप्त गरेका छन् । त्यसैगरी दोरम्बा गाउँपालिकाामा कांग्रेस ४९, एमाले २०६ र माओवादी केन्द्रले १०९ प्राप्त गरेका छन् ।

रामेछापको मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार सुनापति गाउँपालिकाको अध्यक्षमा कांग्रेसको ९४, एमाले २२, माओवादी केन्द्रले ५५ मत ल्याएका छन् । त्यसैगरी उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा कांग्रेसले ७०, एमाले ४८ र माओवादीले ४३ मत प्राप्त गरेको छ । पछिल्लो मतपरिणाम अनुसार खाँडादेवी गाउँपालिकाको अध्क्षमा कांग्रेसले ३१, एमाले १५ र माओवादी केन्द्रले ५१ मत प्राप्त गरेका ेछ । लिखु गाउँपालिकाको अध्यक्षमा कांग्रेस ४२०, एमाले ४१३ र माओवादी केन्द्रले २०० मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्