सुनापति गाउँपालिकामा कांग्रेसको अग्रता कायमै



२ जेठ, काठमाडौं ।
सुनापति गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । हिजोबाट सुरु भएको मतगणना अनुसार अहिलेसम्म ९ सय ६ मतगणना भएको छ । जस अुनसार सुनापति गाउँपालिकामा कांग्रेसका अध्यक्षका उम्मेदवार जितेन्द्र मोक्तानले ४ सय ४० उपाध्यक्षमा विनिता खड्का ३ सय ३८ र कांग्रेसबाट ५ नम्बर वडामा जनक खड्का ४ सय ४९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सुनापति गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अध्यक्षमा धावा लामा २ सय ४१, उपाध्यक्षमा गिता विष्ट २ सय ४४ र पाँच नम्बर वडा ठूलो कान्छा तामाङले २ सय ३३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी एमालेबाट गाउँपालिकाको अध्यक्षमा १ सय १४, उपाध्यक्ष पासाङ डोल्मा तामाङ २ सय २४ र वडामा २ सय मत प्राप्त गरेका छन् । आज साँझसम्म सुनापति गाउँपालिका–५ खनियापानी वडाको परिणाम आइसक्ने सुनापति गाउँपालिकाका निर्वाचन अधिकृत चन्द्रकला वलीले रामेछाप न्युजलाई जानकारी दिइन ।

प्रतिक्रिया दिनुहोस्