रामेछापमा कांग्रेस ५ स्थानमा विजयी



२ जेठ, रामेछाप ।
स्थानीय तहको निर्वाचनमा पहिलो पटक खाता खोलेको नेपाली कांग्रेसले जिल्लाको ५ स्थानमा विजयी भएको छ । अहिलेसम्मको मत परिणाम अनुसार उमाकुण्ड गाउँपालिका–१ गुम्देलबाट नुर्ब शेर्पा, गोकुलगंगा गाउँपालिका–१ चुचुरेबाट मणिकुमार लामा, मन्थली नगरपालिका–२ बाट तरणिशंकर अधिकारी, मन्थली नगरपालिका–३ बाट केशब रोका र लिखु गाउँपालिका–२ सैपुमा वडा अध्यक्षमा पदम तामाङ विजयी भएका छन् ।

नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीका अनुसार पार्टीले अपेक्षा गरेर अनुसार विजयी हुने क्रम सुरु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्