रामेछापमा माओवादीले मन्थली नगरपालिकाबाट खाता खोल्यो



२ जेठ, रामेछाप  ।
नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिकाबाट खाता खोलेको छ । माओवादीबाट मन्थली नगरपालिका–१ मा नारायणदास श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ४ सय ६३ मत ल्याएर विजयी भएका हुन् ।

माओवादीले रामेछापको ८ स्थानमा पहिलो पटक मन्थली नगरपालिकाबाट विजयीको सुरुवात गरेको छ । मन्थली नगरपालिकाको नगर प्रमुखमा पनि अहिलेसम्म माओवादीका उम्मेदवार तारानारायण श्रेष्ठले एक सय मतले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्