रामेछापको मन्थली नगरपालिकामा माओवादीको अग्रता



२ जेठ, काठमाडौं ।
रामेछापको मन्थली नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रका नगर प्रमुखका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिएका हुन् । पछिल्लो मनगणना अनुसार नगर प्रमुखमा तारानारायण श्रेष्ठ १९००, उपप्रमुखमा रितादेवी घिमिरे १६२४, त्यसैगरी एमालेले दोस्रो स्थानमा रहेको छ । नगरप्रमुखमा एमालेका रमेश वस्नेतले १८ सय ४३, उपप्रमुखमा माया कार्कीले १८ सय ९१ मत ल्याएकी छिन् ।
सुरुमा अग्रता लिएका कांग्रेसका विनोद कार्की १६ सय १९, उपप्रमुख गंगा अधिकारीले १६ सय २६ मत ल्याएकी छिन् ।
मन्थली नगरपालिकाको ४, ५ र ६ को मतगणना जारी रहेको छ ।

मन्थली नगरपालिकाको थप अपडेट
माओवादीका नगर प्रमुख २१०६, उपप्रमुख १९३९,
एमालेका नगर प्रमुख २०६७, उपप्रमुख २०८६
कांग्रेस नगर प्रमुख १६९५, उपप्रमुखमा १९१८

मन्थली नगरपालिकाको अपडेटः
माओवादी
माओवादी केन्द्रका नगरप्रमुख २२५४
माओवादीको उपप्रमुख १९९२
कांग्रेस
कांग्रेसका नगरप्रमुख १७४०
कांग्रेसको उपप्रमुख १९७५
एमाले
एमालेका नगर प्रमुखमा २२३४
एमालेको उपप्रमुखमा २२२१

मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा माओवादी केन्द्रका राम बहादुर कार्की ५ सय १२ मत सहित विजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका राजु कार्कीले ३ सय ९८ मत प्राप्त गरेका थिए । ५ नम्बर वडाका सदस्यहरुमा पनि पुरै माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ

लिुख गाउँपालिकामा एमालेको अग्रता

रामेछाप लिखु गापा मा २६८० मत गणना हुदा
नेकपा एमाले अध्यक्षमा १०४५, उपाध्यक्षमा १०७६
नेपाली कांग्रेस अध्यक्षमा ८७७, उपाध्यक्षमा ७७२
नेकपा माओवादी केन्द्र अध्यक्षमा ४१५, उपाध्यक्षमा ४७३

प्रतिक्रिया दिनुहोस्