रामेछापको उमाकुण्ड गाउँपालिकामा काग्रेसको अग्रता



२ जेठ, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका कांग्रेसले अग्रता लिएको छ । गाउँपालिको १ र २ नम्बर वडाको मतगणना सम्पन्न गरेर वडा अध्यक्षको मत परिणाम सार्वजनिक गरिसकेको छ । उमाकुण्ड गाउँपालिका–१ गुम्देलमा कांग्रेसका नर्बु शेर्पा वडा अध्यक्षमा निर्वाचित भएका छन् भने गाउँपालिकाको वडा नम्बर २ भुकुकास्थलीमा माओवादी केन्द्रका खुम्बध्वज बस्नेत विजयी भएका छन् । अहिले वडा नम्बर ३ को मतगणना जारी रहेको उमाकुण्ड गाउँपालिकाका निर्वाचन अधिकृत यशुराज शर्माले जानकारी दिए ।
उमाकुण्ड गाउँपालिकाको अहिलेसम्मको मतपरिणाम
कांग्रेस
कांग्रेसको गाउँपालिकाको अध्यक्षमा ८२४
कांग्रेसको गाउँपालिकाको उपाध्यक्षमा ८४०
एमाले
गाउँपालिकाको अध्यक्षमा ५६१
माओवादी
गाउँपालिकाको अध्यक्षमा ३७०
गाउँपालिकाको उपाध्यक्ष ३९४
राप्रपा
गाउँपालिकाको उपाध्यक्षमा ४०१

प्रतिक्रिया दिनुहोस्