रामेछापको मन्थली नगरपालिकामा माओवादी केन्द्रको विजयी जुलुस



 

२ जेठ, रामेछाप ।
नेकपा माओवादी केन्द्रले राममेछापको मन्थली नगरपालिकामा विजयी र्याली निकालेको छ । मन्थली नगरपालिकाको वडा नम्बर ५ मा रामबहादुर कार्की, वडा नम्बर १ मा नारायणदास श्रेष्ठ र वडा नम्बर ४ मा विरेन्द्र श्रेष्ठको प्यानल नै विजयी भएपछि विजयी जुलुस निकालेको छ । मन्थली नगरपालिकाको मेयर र अन्य वडामा भने मतगणना जारी छ । मन्थली नगरपालिकामा १४ वटा वडा रहेका छ ।

प्रतिक्रिया दिनुहोस्