४१ स्थानीय तहको परिणामःएमाले अगाडि, काग्रेस पछ्याउदै माओवादी तेस्रोमा (सूचि सहित)



२ जेठ, काठमाडौं ।
पहिलो चरणको निर्वाचनको परिणाम धमाधम आइरहेको छ । पहिलो चरणकको निर्वाचन भएको २८३ स्थानमा अहिलेसम्म आएको अन्तिम मतपरिणम अनुसार नेकपा एमालेले अग्रता लिएको छ । एमालेले अहिलेसम्म १७ वटा स्थानीय तहमा विजयी भएको छ भने ८८ स्थानमा अग्रता लिएको छ ।

एमालेलाई पछ्याउदै कांग्रेसले अहिलेसम्म १४ वटा स्थानीय तहमा जित हासिल गरेको छ भने ७० स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले अहिलेसम्म ११ वटा स्थानीय तहमा जित हासिल गरेको छ भने ५० स्थानमा अग्रता लिएका छ । अन्तिम मत परिणाम अनुसार एक स्थानमा स्वतन्त्र उम्मेदवारले गाउँपापिलकाको अध्यक्ष जितेको छ ।

एमालेले जितेका स्थानीय तह:

महांकाल गाउँपालिका, ललितपुर
देवघाट गाउँपालिका, तनहुँ
गोसाइँकुण्ड गाउँपालिका, रसुवा
शे–फोक्शुण्डो गाउँपालिका, डोल्पा
ठूली भेरी नगरपालिका, डोल्पा
काइके गाउँपालिका, डोल्पा
शिवालय गाउँपालिका, जाजरकोट
चामे गाउँपालिका, मनाङ
नेस्याङ गाउँपालिका, मनाङ
घरपझोङ गाउँपालिका, मनाङ
मादी गाउँपालिका, कास्की
ढोरचौर गाउँपालिका, सल्यान

कांग्रेसले जितेका स्थानीय तह

कुशे गाउँपालिका, जाजरकोट
बुङदीकाली गाउँपालिका, नवलपरासी
तमानखोला गाउँपालिका, बाग्लुङ
नाशोङ गाउँपालिका, मनाङ
नार्फु गाउँपालिका, मनाङ
बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ
थासाङ गाउँपालिका, मुस्ताङ
लोमन्थाङ गाउँपालिका, मुस्ताङ
डुंगेश्वर गाउँपालिका, दैलेख
पाताराशी गाउँपालिका, जुम्ला

माओवादी केन्द्रले जितेका स्थानीय तह:

मुड्केचुला गाउँपालिका, डोल्पा
जगदुल्ला गाउँपालिका, डोल्पा
गुठीचौर गाउँपालिका, जुम्ला
हिमा गाउँपालिका, जुम्ला
सान्नी त्रिवेणी गाउँपालिका, कालिकोट
सानीभेरी गाउँपालिका, रुकुम
ताँजाकोट गाउँपालिका, हुम्ला
मरिण गाउँपालिका, सिन्धुली

स्वतन्त्रले जितेको स्थानीय तह:

तेञ्जोङ छिरिङ, मुस्ताङ

 

प्रतिक्रिया दिनुहोस्