रामेछापको मन्थली नगरपालिकामा एमालेको अग्रता



२ जेठ, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकामा नेकपा माओवादी केन्द्रलाई २ सय मतले पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ । हिजोदेखि जारी मतगणनामा सुरुमा कांग्रेस त्यसपछि माओवादी र अहिले एमालेले अग्रता लिएको छ ।

मन्थली नगरपालिकाको १, २, ३, ४, ५, ६ नम्बर वडा अध्यक्षको मत परिणाम घोषणा भइसकेको छ । अहिले मन्थली नगरपालिकाको ७ नम्बर वडाको ५ सय मतगणना भएको छ भने बाँकीको मतगणना जारी रहेको छ ।
कांग्रेस
नगर प्रमुखमा विनोद कार्की २२७६
उपप्रमुख गंगा अधिकारी २४९८

एमाले
नगर प्रमुखमा रमेश बस्नेत २८९९
उपप्रमुखमा माया कार्की २७१९

माओवादी केन्द्र
नगर प्रमुखमा २६२७
उपप्रमुखमा रितादेवी घिमिरे २३७०

प्रतिक्रिया दिनुहोस्