रामेछापको ८ वटा वडा अध्यक्षमा एमाले विजयी (सूचि सहित)



२ जेठ, रामेछाप ।
नेकपा एमालेले रामछापको ८ वटा वडा अध्यक्षमा विजयी भएको छ । नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले जिल्लाको ८ स्थानीय तह मध्ये अहिलेसम्म एमालेले ८ वटा वडा अध्यक्षमा विजयी भएको रामेछाप न्युजलाई बताए ।

रामेछाप नगरपालिका–१ गाठगाउँमा नरबहादुर थापामगर
लिखु गाउँपालिका–१ दुरागाउँमा निङमार तामाङ
गोकुलगंगा गाउँपालिका–२ ठोसेमा शखेर श्रेष्ठ
मन्थली नगरपालिका–६ भलुवाजोरमा गोपाल माझी
गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा नरबहादुर कार्की
लिखु गाउँपालिका–४ बिजुलीकोटमा लिला बस्नेत
लिखु गाउँपालिका–३ बिजुलीकोटमा यमबहादुर महत
रामेछाप नगरपालिका– ३ साँघुटारमा भुपाल श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्