रामेछापको ८ वटा वडा अध्यक्षमा कांग्रेस विजयी



२ जेठ, रामेछाप ।

रामेछापको ८ वटा वडा अध्यक्ष नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । पछिल्लो मत परिणाम अनुसार मन्थली नगरपालिका–२ मा तरणिकंकर अधिकारी, मन्थली–३ मा केशव रोका, गोकुलगंगा गाउँपालिका–१ मा मणिकुमार लामा, गोकुलगंगा गाउँपालिका–४ मा देवराज कार्की विजयी भएका छन् ।
त्यसैगरी उमाकुण्ड गाउँपालिका–१ मा नर्बु शेर्पा, उमाकुण्ड गाउँपालिका–३मा रमेश सुनुवार,लिखु गाउँपालिका–२ मा पदम तामाङ र खाडाँदेवी गाउँपालिका–२ मा इन्द्र लामा विजयी भएका छन् । नेपाली कांग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले पछिल्लो मत परिणाम अनुसार ८ वडाका अध्यक्षमा कांग्रेस विजयी भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्