सुनापति गाउँपालिकामा माओवादी केन्द्रको अग्रता



३ जेठ, रामेछाप ।
सुनापति गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ । सुनापति गाउँपालिका–५ खनियापानीमा ठूलोकान्छा तामाङ सहितको प्यानल विजयी भएको छ भने अहिले सुनापति गाउँपालिका–१ गुन्सीको मतगणना जारी छ । अहिलेसम्मको मत परिणाम अनुसार माओवादी केन्द्रका धावा लामाले ४ सय मतले अग्रता लिएका छन् । सुनपाति गाउँपालिकाको अब तीन वटा वडाको मतगणना गणना गर्न बाँकी छ ।

सुनापति गाउँपालिका अध्यक्ष/उपाध्यक्ष

माओवादी केन्द्र
अध्यक्ष धावा लामा १५०९
उपाध्यक्ष गिता विष्ट १५५०

कांग्रेस
अध्यक्ष जितेन्द्र मोक्तान ११४१
उपाध्यक्ष विनिता खड्का ९३१

एमाले
अध्यक्ष प्रदिप योजञ्जन ५०८
उपाध्यक्ष पासाङ डोल्मा लामा ५७५

सुनापति गाउँपालिका–१ गुन्सीको वडा अध्यक्षमा

माओवादी केन्द्रका चण्डेश्वर चौलागाई ६३८
नेपाली कांग्रेसका चन्द्र घिसिङ४४७
एमालेका विष्णु चौलागाई १०७

प्रतिक्रिया दिनुहोस्