रामेछापको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा अध्यक्षमा एमाले विजयी



जेठ, रामेछाप ।
रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेलेका खड्ग सुनुवार विजयी भएका छन् । त्यसैगरी उपाध्यक्षमा पनि राधिका श्रेष्ठ विजयी भएकी छिन् ।
यसैगरी उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा पनि एमाले विजयी भएको छ । उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा एमालेबाट शेरबहादुर सुनुवार विजयी भएका छन् ।
रोमछापको ८ स्थानीय तहमध्य गोगुलगंगा गाउँपालिकाको मात्र अहिलेसम्म अन्तिम मतपरिणाम आएको छ । रामेछापकको रामेछाप र मन्थली नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ भने दोरम्बा गाउँपालिका र लिखु गाउँपालिकामा पनि एमाले नै अगाडि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्