रामेछापको २ गाउँपालिका सहित २७ वडाको वडा अध्यक्षको मत परिणाम सार्वजनिक



३ जेठ, रामेछाप ।
रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका अध्यक्षको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । त्यसैगरी रामेछापको २७ वटा वडाका अध्यक्षको पनि मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणाम अनुसार कांग्रेस ८, एमालेका ११ र माओवादी केन्द्रले ८ स्थानमा जित हासिल गरेको छ ।
रामेछाप नगरपालिका–१ मा नेकपा एमालेका अध्यक्ष नर बहादुर थापा, रामेछाप नगरपालिका–२ बाट माओवादी केन्द्रका निर कुमार श्रेष्ठ र रामेछाप– ३ साँघुटारवाट एमालेका भुपाल श्रेष्ठको प्यानलै बिजयी भएको छ ।

त्यसैगरी मन्थली नगरपालिका–१ को अध्यक्षमा माओवादी केन्द्रका नारायणदाश श्रेष्ठ ,मन्थली नगरपालिका– २ को अध्यक्षमा नेपाली काँग्रेसका तरणीशंकर अधिकारी ,मन्थली नगरपालिका–३ को अध्यक्षमा काँग्रेसका केशव रोक्का, मन्थली नगरपालिका– ४ मा माओवादी केन्द्रका विरेन्द्र बर्जाचार्य, मन्थली नगरपालिका– ५ सुनारपानीमा माओवादी केन्द्रका रामबहादुर कार्कीको प्यानलै बिजयी भएको छ । त्यसैगरी मन्थली नगरपालिका– ६ मा एमालेका गोपाल माझी,मन्थली नगरपालिका– ७ नेकपा एमालेका सुदर्शन प्रसाई, वडा नम्बर ८ एमालेकै राज कुमार श्रेष्ठको प्यानल बिजयी भएको छन् ।

यसैगरी गोकुलगंगा गाउँपालिका वडा नम्बर १ को अध्यक्ष नेपाली काँग्रेसका उम्मेद्वार मणीकुमार लामा, वडा नम्बर २ ठोसेमा एमालेका शेखर श्रेष्ठको प्यानल विजयी भएको छ । गोकुलगंगा गाउँपालिका– ३ रस्नालुमा एमालेका नरबहादुर कार्की, गोकुलगंगाकै वडा नम्बर ४ मा नेपाली काँग्रेसका देवराज कार्कीको प्यानलै बिजयी भएका छन् ।

उमाकुण्ड गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा नेपाली काँग्रेसका नुर्वु शेर्पा, वडा नम्बर २ को अध्यक्षमा खम्बध्वज बस्नेत नेकपा माओवादी केन्द्रबाट विजयी भएका छन् । उमाकुण्ड गाउँपालिकाको वडा नम्बर ४ मा नेपाली काँग्रेसका रमेश सुनुवार बिजयी भएका छन् ।
लिखु गाउँपालिकाका वडा नं १ दुरागाउँबाट एमालेका मिङमार तामाङ , वडा नं २ सैपुमा काँग्रेसका पदम तामाङ बिजयी भएका छन् । वडा नम्बर ३ र ४ क्रमस एमालेका यम बहादुर महत र लिला बस्नेत बिजयी भएका छन् ।
खाँडादेवी गाउँपालिका–१ राकाथुममा कृष्णकुमार श्रेष्ठ विजयी भएका छन् । वडा नम्बर २ मझुवामा नेपाली काँग्रेसका ईन्द्र कुमार लामाको टिम बिजयी भएको छ । दोरम्बा गाउँपालिकाको वडा नम्बर १ डडुवामा एमालेका ढालबिक्रम राना मगर विजयी भएका छन् । वडा नम्बर २ मा माओवादी केन्द्रका खड्ग बहादुर श्रेष्ठको प्यानल बिजयी भएको छ । सुनापति गाउँपालिका– ५ मा माओवादी केन्द्रका ठूलो कान्छा तामाङको प्यानल नै विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्