दोरम्बा गाउँपालिकामा माओवादी केन्द्र र एमालेको मत बराबरी



३ जेठ,रामेछाप ।
दोरम्बा गाउँपालिकाको मत गणना जारी रहेको छ । दोरम्बा गाउँपालिकामा हालसम्म ५ वटा वडाको मत गणना सम्पन्न भएर वडा अध्यक्ष घोषणा भइसकेको छ भने बाँकी २ वटा वडाको मतगणना भइरहेको दोरम्बा गाउँपालिका निर्वाचन अधिकृत प्रेम चन्द्र भुसालले रामेछाप न्युजलाई बताए ।
पछिल्लो मत परिणाम अनुसार दोरम्बा गाउँपालिको प्रमुखमा माओवादी केन्द्रका कमान मोक्तान २६३८ र एमालेका प्रेम लामा २६३८ मत ल्याएर बराबरी छन् । कांग्रेसका मानबहादुर लामाले १८८० मत प्राप्त गरेका छन् । वडामा भने माओवादी केन्द्रले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्