सुनापति गाउँपालिका–१ गुन्सीको वडा अध्यक्षमा चौलागाई विजयी



३ जेठ, रामेछाप ।
सुनापति गाउँपालिका–१ गुन्सीमा नेकपा माओवादी केन्द्रका चण्डेश्वर चौलागाई (राजु) वडा अध्यक्षमा विजयी भएका छन् । चौलागाईले १ हजार ३४ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिद्धन्द्धी कांग्रेसले ६६१ मत प्राप्त गरेका थिए । नवनिर्वाचित ५ नम्बर वडाका अध्यक्ष चौलागाईले निर्वाचन अघि आफूले जनता समक्ष गरेको प्रतिबद्धता पूरा गर्ने बताए ।

उनले रामेछाप न्युजसँग भने,‘गुन्सी वडालाई नमूना वडा बनाउछु भनेर प्रतिबद्धता व्यक्त गरेको छ, अब काम नै गरेर देखाउछु ।’ सुनापति गाउँपालिका–१ गुन्सीमा वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ । सुनापति गाउँपालिका–५ मा यस अघि माओवादी केन्द्रकै ठूलोकान्छा तामाङ सहितको प्यानल नै विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्