स्थानीय तहको निर्वाचनको परिणामः एमाले ४४, कांग्रेस ३९ र माओवादी केन्द्र २० स्थानीय तहमा विजयी (सूचि सहित)



३ जेठ, काठमाडौं ।

पहिलो चरणको निर्वाचनको अन्तिम मतपरिणाम धमाधम आइरहेको छ । अहिलेसम्म १ सय ८ स्थानीय तहमा मतपरिणाम सार्वजनिक भएको छ । बाँकी स्थानीय तहमा पनि मतगणना प्रक्रिया जारी छ । एमालेले ६४ स्थानमा अग्रता लिएको छ भने कांग्रेसले ५२ र माओवादी केन्द्रले २२ स्थानमा अग्रता लिएको छ । निर्वाचन आयोगले निर्वाचनको परिणम आउनको लागि अझै एक सात लाग्ने बताएको छ ।

एमालेले अलिहेसम्म जितेको स्थानीय तह
प्रदेश नम्बर ३

मकवानपुरः

मकवानपुरगढी गाउँपालिका
अध्यक्षः विदुर हुमागाई, उपाध्यक्षः हर्कमाया रुम्बा

इन्द्रसरोवर गाउँपालिका
अध्यक्षः जीवन लामा, उपाध्यक्षस् उमा लामा

कैलाश गाउँपालिका
अध्यक्षः टंंक मुक्तान, उपाध्यक्षः सुकुमाया घिसिङ

रामेछापः

उमाकुण्ड गाउँपालिका
अध्यक्षःशेरबहादुर सुनुवार

गोकुलगंगा गाउँपालिका
अध्यक्षः खड्गवहादुर सुनुवार, उपाध्यक्षः राधिका श्रेष्ठ

सिन्धुलीः

फिक्कल गाउँपालिका
अध्यक्षः घनश्याम कार्की, उपाध्यक्षः पार्वती सुनुवार

दोलखाः

जिरी नगरपालिका
मेयरःटंक जिरेल, उपमेयरः कृष्णमाया बुढाथोकी

सिन्धुपाल्चोकः

लिसंखुपाखर गाउँपालिका
अध्यक्षःकमल नेपाल, उपाध्यक्षः हेमगंगा मोक्तान

काभ्रेपलाञ्चोकः

खानीखोला गाउँपालिका
अध्यक्षः कृष्णप्रसाद खुलाल

रसुवाः

गोसाइँकुण्ड गाउँपालिका
अध्यक्षःकाइसाङनुर्पु तामाङ, उपाध्यक्षः ग्याल्मु तामाङ

कालिकास्थान गाउँपालिका
अध्यक्षःसीता अधिकारी, उपाध्यक्षस् भवानी न्यौपाने

धादिङः

धुनीबेसी नगरपालिका
मेयरः बालकृष्ण आचार्य, उपमेयरः निरु खरेल

सिद्धलेक गाउँपालिका
अध्यक्षःप्रेमनाथ सिलवाल, उपाध्यक्षः कमला शर्मा

थाक्रे गाउँपालिका
अध्यक्षःरामकुमार आचार्य, उपाध्यक्षः अम्बिका रुपाखेती

नेत्रावती गाउँपालिका
अध्यक्षः दुर्गाकुमार शाक्य

ललितपुरः

महाँकाल गाउँपालिका
अध्यक्षः रामचन्द्र दाहाल, उपाध्यक्षः कमला तामाङ

प्रदेश नम्बर ४

स्याङ्जाः

आँधीखोला गाउँपालिका
अध्यक्षः सुधीर पौडेल

हरिनास गाउँपालिका
अध्यक्षः खिमनारायण मानन्धर, उपाध्यक्षः छाया पराजुली

फेदीखोला गाउँपालिका
अध्यक्षः घनश्याम सुवेदी, उपाध्यक्षः देवी थापा

कास्कीः

मादी गाउँपालिका
अध्यक्षः बेदवहादुर थापा, उपाध्यक्षः विष्णुकुमारी पौडेल

माछापुच्छ्रे गाउँपालिका
अध्यक्षः कर्ण गुरुङ, उपाध्यक्षः कृष्णकुमारी दुवाडी

रुपा गाउँपालिका
अध्यक्षःनवराज ओझा, उपाध्यक्षः लालसुबा गुरुङ

तनहुँः

देवघाट गाउँपालिका
अध्यक्षः दुर्गाबहादुर थापा, उपाध्यक्षः विमला थापा

घिरिङ गाउँपालिका
अध्यक्षः रणबहादुर राना, उपाध्यक्षः सरस्वती सिग्देल

पर्वतः

महाशिला गाउँपालिका
अध्यक्षःराजु पौडेल, उपाध्यक्षः हीरा थापा

फलेबास नगरपालिका
मेयरः पदमपाणि शर्मा, उपमेयरः मञ्जु अधिकारी

बाग्लुङ

काठेखोला गाउँपालिका
अध्यक्षःअम्मरबहादुर थापा

मनाङः

चामे गाउँपालिका
अध्यक्षः लोकेन्द्रवहादुर घले

नेस्याङ गाउँपालिका
अध्यक्षःकान्छा घले, उपाध्यक्षः मिङ्खु गुरुङ

मुस्ताङस्

घरपझोङ गाउँपालिका
अध्यक्षः आशबहादुर थकाली, उपाध्यक्षः शर्मिला गुरुङ

प्रदेश नम्बर ६

दैलेखः

नारायण नगरपालिका
अध्यक्षः रत्नबहादुर खड्का, उपाध्यक्षः सावित्री मल्ल

चामुण्डा नगरपालिका
मेयरः सूर्यबहादुर शाही, उपमेयरःतारा शाही

महाबु गाउँपालिका
अध्यक्षः जंगबहादुर शाही

भैरवी गाउँपालिका
अध्यक्षः प्रेमबहादुर बुढा, उपाध्यक्षः पदमकुमारी विष्ट

ठाटीकाँध गाउँपालिका
अध्यक्षः धीरबहादुर शाही, उपाध्यक्षः सुस्मिता सिंह

जाजरकोटः

शिवालय गाउँपालिका
अध्यक्षः नन्दकुमार शाही, उपाध्यक्षः कुमारी थापा

भेरी नगरपालिका
मेयरः सिपी घर्ती, उपमेयरः भावना भण्डारी

हुम्लाः

अदानचुली गाउँपालिका
अध्यक्षः दल फडेरा, उपाध्यक्षः सौमती ऐडी

जुम्लास्

तिला गाउँपालिका
अध्यक्षः रतन योगी, उपाध्यक्षः विष्णुकली रावत

डोल्पाः

त्रिपुरासुन्दरी नगरपालिका
मेयरः ओमबहादुर बुढा

ठूलीभेरी नगरपालिका
मेयरः गणेशबहादुर शाही

शे–फोक्सुण्डो गाउँपालिका
अध्यक्षःतसी तुन्डुक गुरुङ

काइके गाउँपालिका
अध्यक्षः अंगद राना

सल्यानः

ढोरचौर गाउँपालिका
अध्यक्षः चित्रबहादुर चलाउने, उपाध्यक्षः पुष्पा बोहोरा

नेपाली कांग्रेसको विजयी हुनेहरुको सूचि
हुम्लाको सिमकोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पदम लामा र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार वली रावत विजयी भएका छन् ।

जुम्लाका पातारासी, सिन्जा र कनकासुन्दरी गाउँपालिकामा कांग्रेस विजयी भएको छ । पातारासीमा लक्ष्मण बोहोरा, सिन्जामा देवलसिंह रावल र कनकासुन्दरीमा नरविर रावत विजयी भएका छन् ।

जाजरकोटका बारेकोट र कुशे गाउँपालिका कांग्रेस विजयी भएको छ । बारेकोटको अध्यक्षमा कांग्रेसका महेन्द्रबहादुर शाह र उपाध्यक्षमा माओवादीकी उमा शाही विजयी भएका हुन् । यसैगरी कुशे गाउँपालिकाको अध्यक्षमा हरिचन्द्र बस्नेत र उपाध्यक्षमा रामछाया शाही विजयी भएका छन् ।

दैलेखको डुंगेश्वर गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको छ । अध्यक्ष पदमा नगेन्द्रबहादुर मल्ल र उपाध्यक्षमा एमालेकी कलावती न्यौपाने विजयी भए ।

सुर्खेतको चिङ्गाड गाउँपालिकाको अध्यक्षमा कांग्रेसका देवबहादुर चन्द र उपाध्यक्षमा मनमाया आचार्य विजयी भएका छन् ।

सल्यानको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा मानबहादुर डाँगी र उपाध्यक्षमा करुणा गिरी विजयी भएका छन् ।

बाग्लुङको गलकोट, तमानखोला र निसीखोला गाउँपालिकाको नतिजा पनि कांग्रेसको पक्षमा गएको छ । गलकोटको अध्यक्षमा भरत शर्मा गैरे र उपाध्यक्षमा रेणु काउचा विजयी भएका छन् । तमानखोलाको अध्यक्षमा जोकलाल बुढा र उपाध्यक्षमा मानसरी शेरचन विजयी भएका छन् । निसीखोलाको अध्यक्षमा तारानाथ पौडेल निर्वाचित भए ।

पर्वतको पैंयुँ गाउँपालिकाको अध्यक्षमा खगेन्द्र तिवारी र उपाध्यक्षमा जसमती गुरुङ निर्वाचित भएका छन् ।

मुस्ताङको थासाङ, लोमान्थाङ र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकामा कांग्रेस विजयी भएको छ । थासाङ गाउँपालिकाको अध्यक्षमा बुद्धि शेरचन र उपाध्यक्षमा बालकुमारी शेरचन तथा लोमान्थाङको अध्यक्षमा सुवर्णकुमार विष्ट र पेमाडोल्मा विष्ट विजयी भएका छन् । बाह्रगाउँ मुक्तिक्षेत्रको अध्यक्षमा कांग्रेसका फेन्चोक छेप्तेन गुरुङ र उपाध्यक्षमा एमालेकी ढिकी गुरुङ विजयी भएका छन् ।

मनाङको नार्फु र नाशोङ गाउँपालिकामा कांग्रेस विजयी भएको छ । नार्फुको अध्यक्षमामिङमा छिरिङ लामा निर्विरोध निर्वाचित भएका थिए भने नाशोङको अध्यक्षमा चन्द्र घले र उपाध्यक्षमा कोमलमाया गुरुङ विजयी भए ।

सिन्धुलीका घ्याङखोला र गोलन्जोर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

गोरखाको चुमनुव्री गाउँपालिकाको अध्यक्षमा कांग्रेसका धनबहादुर गुरुङ र उपाध्यक्षमा माओवादीकी कुमारी गुरुङ विजयी भएका छन् । यस्तै, गोरखाकै गण्डकी गाउँपालिका प्रमुखमा कांग्रेसका होमबहादुर राना निर्वाचित भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कांग्रेसका युवराज कुँवर र उपाध्यक्षमा एमालेकी सगुन गुरुङ विजयी भएका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा कांग्रेसका रमेशकुमार पाण्डे उपमेयरमा एमालेका राजकुमार श्रेष्ठ विजयी भएका छन् ।

नवलपरासीका चार स्थानीय तह कांग्रेसले जितेको छ । नवलपरासीका बुलिङटार, बुङ्दीकाली, हुप्सेकोट र विनयीमा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।

बुलिङटारको अध्यक्षमा शशि बस्ताकोटी र उपाध्यक्षमा मैना विक विजयी भएका छन् । बुङ्दीकालीको अध्यक्षमा दुर्गाबहादुर राना र उपाध्यक्षमा एमालेकी डिलकुमारी सारुमगर विजयी भएका छन् । हुप्सेकोटको अध्यक्षमा लक्ष्मी पाण्डे र उपाध्यक्षमा एमालेको कोपिला मल्ल विजयी भएका छन् ।

यसैगरी, विनयी(त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका डम्मर जिसी र उपाध्यक्षमा कांग्रेसकै मीना राना विजयी भएका छन् ।

रसुवाको उत्तरगया र नौकुण्ड गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । उत्तरगयाको अध्यक्षमा उपेन्द्रराज लम्साल र उपाध्यक्षमा चमेली गुरुङ तथा नौकुण्डको अध्यक्षमा कांग्रेसका नुर्पुसाङ्गो तामाङ र उपाध्यक्षमा एमालेकी सिर्जना लामा विजयी भएका हुन् ।

नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छत्र लामा विजयी भएका हुन् । तादी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पनि कांग्रेसकै पोल्टामा परेको छ । तादीको अध्यक्षमा नारायणप्रसाद पाण्डे र उपाध्यक्षमा ईश्वरी उप्रेती विजयी भएका हुन् ।

यस्तै, काभ्रेको बेथानचोक गाउँपालिका र तेमाल गाउँपालिकाको प्रमुख र उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवारले बाजी मारेको छ । बेथानचोकको अध्यक्षमा कांग्रेसका प्रेमबहादुर तिमल्सिना र उपाध्यक्षमा सरिता लामिछाने तामाङ विजयी भएका छन् । यस्तै, तेमाल गाउँपालिकाको प्रमुखमा कांग्रेसका सलामसिंह लामा र उपप्रमुखमा दुर्गामाया तामाङ विजयी भएका छन् ।

दोलखाको वैतेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका छवि लामा निर्वाचित भएका छन् ।

सिन्धुलीको घ्याङलेख र गोलन्जोर गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । घ्याङलेखको अध्यक्षमा जगतबहादुर भोलन र उपाध्यक्षमा दुर्गादेवी सुनार तथा गोलन्जोरको अध्यक्षमा पुष्प कार्की तथा उपाध्यक्षमा गंगादेवी श्रेष्ठ विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्