रामेछाप नगरपालिकामा कांग्रेसको अग्रता



३ जेठ,रामेछाप ।
रामेछापको रामेछाप नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । नगरपालिकाको १ नम्बर वडादेखि ५ नम्बर वडासम्म मतगणना अनुसार नेपाली कांग्रेसका नगर प्रमुखका उम्मेदवार नरबहादुर थापामगर २५९९, उपप्रमुखमा २४७२ मत ल्याएको छ ।

त्यसैगरी नेकपा एमालेका रोशन पाख्रिनले २३९५ र उपप्मुखमा २२७१ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रका शिसिर खड्गीले १६८७ र उपप्रमुखमा १८४८ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्