मन्थली नगरपालिकाको नगर प्रमुखमा बस्नेत र उपप्रमुखमा एमालेकै कार्की विजयी



४ जेठ, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकामा नेकपा एमालेले विजयी हासिल गरेको छ । नगरपालिकाको मेयरमा रमेश बस्नेत र उपमेयरमा माया कार्की विजयी भएका हुन् । वस्नेतले ६५२९ र कार्कीले ६५०७ मत ल्याई विजयी भएका छन् ।

एमालेले रामेछापको २ नगरपालिका मध्ये मन्थली नगरपालिकामा विजयी हासिल गरेको छ । रामेछापको ८ स्थानीय तह मध्ये सबै भन्दा बढी मतदाता भएको मन्थली नगरपालिका हो । वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा मन्थली नगरपालिकामा १९ हजार मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्