दोरम्बा गाउँपालिकाको अध्यक्षमा मोक्तान विजयी



४ जेठ, रामेछाप ।
रामेछापको ऐतिहासिक दोरम्बा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका कमानसिंह मोक्तान विजयी भएका छन् । गाउँपालिको प्रमुख सहित उपाध्यक्षमा माओवादी केन्द्रकै कृशला घिसिङ विजयी भएकी छिन् । गाउँपालिकाका अध्यक्षमा ४२४९ मत ल्याएर मोक्तान विजयी भएका हन् । एमालेका प्रेम लामालाई हराउदै मोक्ताल विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका प्रेम लामाले ३७४५ मत ल्याए ।
उपाध्यक्षमा माओवादी केन्द्रकी कृशाला घिसिङले ४३८९ मतका साथ विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्दी एमालेकी सुभद्रा कँडेल (पाठक)ले ३५९९ मत ल्याइन् ।

प्रतिक्रिया दिनुहोस्