रामेछापको लिखु गाउँपालिकाको अध्यक्षमा एमालेका खड्का र उपाध्यक्षमा दाहाल विजयी



४ जेठ, रामेछाप ।
रामेछापको लिखु गाउँपालिकामा अध्यक्षमा एमालेका गोविन्द खड्का फराकिलो मत अन्र्तरले विजयी भएका छन् । त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकै दिपशिखा दाहाल विजयी भएकी छिन् ।
खड्का ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् भने उनका उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्र राउतले २ हजार ४ सय ७४ मत ल्याएका थिए ।
यसैगरी उपप्रमुखमा एमालेकै दीपशिखा दाहाल निर्वाचित भएकी छिन् । दाहालले ४ हजार ६ सय ५ मत पाएकी थिइन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी कल्पना खड्काले २ हजार ४ सय ८० मत पाएकी थिइन् । निर्वाचित खड्का अघिल्लो संविधानसभा निर्वाचनमा राप्रपाबाट सभासद् पदका लागि प्रत्यासी थिए ।

प्रतिक्रिया दिनुहोस्