१५९ स्थानीय तहको परिणामःएमाले ६६, कांग्रेस ६३ माओवादी २५



४ जेठ, काठमाडौं ।
वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम धमाधम आइरहेको छ । पछिल्लो अन्तिम मत परिणाम अनुसार १५९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले अहिलेसम्म पनि आफने अग्रता कायमै राखेको छ ।
एमालेले अहिलेसम्म ६६ स्थानीय तहमा विजयी हासिल गरेको छ भने कांग्रेसले ६३ र नेकपा माओवादी केन्द्रले २५ स्थानीय तहमा विजयी भएका छन् । ३,४ र ६ नम्बर प्रदेशको २८३ स्थानीय तहमा भएको निर्वाचन आधा भन्दा बढी स्थानीय तहको परिणाम आइसकेको छ ।

पछिल्लो मत परिणाम अनुसार राप्रपाले १ र फोरम–नयाँ शक्तिले एक एक स्थानीय तहमा विजयी हासिल गरेका भने स्वतन्त्र उम्मेदवराले तीन स्थानीय तहमा विजयी हासिल गरेका छन् । सबै स्थानीय तहको मत परिणाम आउन अझै ६ दिन लाग्ने निर्वाचन आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्