सुनापति गाउँपालिका–३ को वडा अध्यक्षमा माओवादीका बाबुराम तामाङ विजयी



४ जेठ, रामेछाप ।
रामेछापको सुनापति गाउँपालिका–३ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा बाबुराम तामाङ विजयी भएका छन् । तामाङले ६६१मत ल्याएर विजयी भएका हुन् । सुनापति गाउँपालिको केन्द्र समेत रहेको हिलेदेवीमा माओवादीले जित हात पारेको हो । तामाङको प्रतिस्पर्धी हस्तबहादुर मोक्तानले ५७८ मत ल्याए भने वडा अध्यक्षमा ललित ग्याबकले ३०९ मत प्राप्त गरेका थिए ।


सुनापति गाउँपालिका–३ मा बाबुराम तामाङ सहित प्यानल नै विजयी भएको छ । सदस्यहरुमा कुलबहादुर थिङ, डेकबहादुर खड्का, रजनी मोक्तान,सुन्तली विक पनि विजयी भएका छन् ।

सुनपाति–३ हिलेदवीबाट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका धावा लामा ६१० र जितेन्द्र मोक्तानले ७६५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्