२०९ स्थानीय तहको परिणाम आयो, कसले कति जिते ?



४ जेठ, काठमाडौं ।
वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानमा भएको पहिलो चरणमा निर्वाचनको २ सय ८ स्थानीय तहको मत परिणाम आइसकेको छ । बाँकी ७४ स्थानीय निकायको मत परिणाम आउने क्रममा छ ।

पछिल्लो परिणम अनुसार एमालेले सबै भन्दा बढी ८६ स्थानीय तहमा विजयी हुँदैआफने अग्रता कायमै राखेको छ । त्यसैगरी नेपाली कांग्रेसले ८० स्थानीय तहमा विजयी हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले अहिलेसम्म ३९ स्थानीय निकायको प्रमुख पद हात पारेको छ ।

योसँगै ३ स्थानमा स्वतन्त्र उम्मेदवारहरुले जितेका छन् भने एकएकमा राप्रपा, नयाँशक्ति र जनमोर्चाले जितेका छन् ।
त्यसैगरी पहिलो चरणको निर्वाचन भएको चार तीन महानगरपालिका र एक उपमहानगरपालिकामा पनि एमालेले नै अग्रता कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्