सुनापति गाउँपालिकामा माओवादीको अग्रता कायमै



४ जेठ, रामेछाप ।
रामेछापको सुनपाति गाउँपालिको मतगणना जारी रहेको छ । सुनापति गाउँपालिकाको १ ५ र ३ नम्बर वडामा नेकपा माओवादीका वडा अध्यक्ष सहित प्यानल नै विजयी भएको छ । अहिले सुनपाति गाउँपालिका–४ बेथानको मतगणना कार्य जारी रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र सुनपाति गाउँपालिका–४का वडा अध्यक्षका उम्मेदवार विकास दोङ ७६२ मत ल्याएको छन भने स्वतन्त्र उम्मेदवार खड्क घिसिङले १००९ मत प्राप्त गरेका छन् ।

अझै वडा नम्बर ४ बेथानमा नौ सय मत गणना कार्य भइरहेको छ । माओवादीले सुनापति गाउँपालिका–१ गुन्सीमा चण्डेश्वर चौलागाई, वडा नम्बर ५ मा ठूलोकान्छा तामाङ र वडा नम्बर ३ हिलेदेवीमा बाबुराम तामाङले वडा अध्यक्षमा विजयी भएका छन् । सुनापति गाउँपालिका–२ दिपीपोखरीमा भने मत गणना कार्य भइरहेको छ ।

यस्तो छ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको पछिल्लो मत परिणाम
माओवादी केन्द्र
अध्यक्ष धावा लामा ३५९९
उपाध्यक्ष गिता विष्ट ३५८०

कांग्रेस
अध्यक्ष जितेन्द्र मोक्तान २९०३
उपाध्यक्ष विनिता खड्का २४६२

एमाले
अध्यक्षमा प्रदिप योञ्जन ९२४
उपाध्यक्षमा पासाङ डोल्मा लामा ९४३

प्रतिक्रिया दिनुहोस्