रामेछापको खाडाँदेवी गाउँपालिकामा एमालेको अग्रता



४ जेठ, रामेछाप ।
रामेछापको खाडाँदेवी गाउँपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । सुरुमा माओवादी केन्द्रले अग्रता लिएको खाडाँदेवी गाउँपालिकामा केही वडामा मतगणना हुँदा कांग्रेसले अग्रता लिएको थियो । तर पछिल्लो मतपरिणम अनुसार एमालेले नै अग्रता लिएको छ । खाडाँदेवी गाउँपालिकामा अहिलेसम्म ६ वटा वडाको मतगणना सम्पन्न भएर वडा अध्यक्षहरुको मत परिणाम घोषणा भइसकेको छ ।

पछिल्लो मतपरिणामः
कांग्रेस
अध्यक्ष २७३१
उपाध्यक्षमा २६७८
एमाले
अध्यक्षमा ३३६६
उपाध्यक्षमा ३४३७
माओवादी केन्द्र
अध्यक्षमा १८४९
उपाध्यक्षमा १०८१

प्रतिक्रिया दिनुहोस्