माधव ढुंगेललाई २४ घण्टे स्पष्टिकरण



४ जेठ, काठमाडौं ।
नेकपा एमालेका युवा नेता राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेललाई सरकारले २४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले युवा परिषद्मा उपाध्यक्ष ढुंगेलले एकलौटी रुपमा काम गरेकाले स्पष्टिकरण सोध्ने निर्णय गरेको रामेछाप न्युजलाई बताए । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले आरोपहरुको बारेमा ९ पृष्ठ लामो जवाफ दिएपनि विचाराहरुलाई चित्त नबुझेकाले थप स्पष्टिकरण सोध्ने निर्णय आफूले सुनेको बताएका छन् । ढुंगेलले आफ्नो फेसबुक पेजमा लेखेका छन–मलाई हटाउ तर परिषद राम्रोसँग चलाउ ।’

यस्तो माधव ढुंगेललको फेसबुक स्टाटस ।

राष्ट्रीय युवा परिषदस्
१। २०७४ वैशाख २१ गतेको मन्त्री परिषदको वैठकले मलाई स्पस्टीकरण लिने निर्णय गरेछ तर ९ दिन सम्म सार्वजनिक नगरी वैशाख २८ गते मन्त्री परिषदको निर्णय भन्दै परिषदको कार्यालयमा ३ दिन भित्र स्पस्टीकरण दिने पत्र थमाईएछ । मताधिकारको अधिकार समेत वन्चीत गर्ने मनसाय राखी काईते आरोप लगाईएको रहेछ । आरोप र पत्र देखेर प्रस्ताव तयार पार्ने कर्मचारी र यस्तो कमजोर आरोपको प्रस्ताव मन्त्री परिषदको विषय वनाउने मुख्य सचिवको दिवालियापन पनि हेर्न लायक नै रहेछ स् हुननतस्यो सरकारलाई न निर्वाचन आचारसंहिता लाग्छ न जनताको मताधिकारमा कुनै मतलब छ ।
२। २०७४ जेष्ठ १ गते रामेछापमा मताधिकार प्रयोग गरेर काठमाण्डौ आई ती आरोपहरुको पसिना काड्ने गरी ९ पृष्ठ लामो जवाफ दिए । अव विचराहरुलाई जवाफ चित्त वुझेन रे आजको मन्त्री परिषदको वैठकले २४ घण्टे स्पस्टीकरण सोध्ने निर्णय गर्यो रे । केही छैन अर्कों पटक फेरी अझ धेरै पसिना काढ्ने गरी जवाफ दिन जानेकै छु ।
मलाई हटाउ तर परिषद राम्रो गरी चलाउ ।

प्रतिक्रिया दिनुहोस्