रामेछाप नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका थापामगर विजयी



५ जेठ, रामेछाप ।
रामेछापको रामेछाप नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । रामेछाप नगरपालिकाको अध्यक्षमा कांग्रेसका नरबहादुर थापामगर ४४०२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका रोशन पाख्रिनले ४३०० मत पाए ।

त्यसैगरी उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । कांग्रेसकी सिर्जना खड्काले जितका लागि ४३९३ मत ल्याइन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी शान्ता सापकोटाले ३९९४ मत ल्याइन् ।

माओवादीका नगरर प्रमुखका उम्मेदवार शिसिर खड्गीले ३२०२ मत ल्याए भने उपमेयरका उम्मेदवारले ३१३८ मत ल्याए । रामेछापमा पहिलो पटक स्थानीय तहको प्रमुखमा कांग्रेसले खाता खोलेको छ ।

प्रतिक्रिया दिनुहोस्