सुनपाति गाउँपालिका–४ बेथानमा स्वतन्त्र उम्मेदवार घिसिङ विजयी



५ जेठ, रामेछाप ।
सुनपति गाउँपालिका–४ बेथानमा स्वतन्त्र उम्मेदवार खड्ग घिसिङ विजयी भएका छन् । घिसिङ १३३१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका विकास दोङले ११७३ मत ल्याए ।

टिकट वितरणमा असन्तुष्टि जनाउदै नेकपा माओवादी केन्द्रबाट घिसिङले स्वतन्त्रमा उम्मेदवारी दिएका थिए । सुनापति गाउँपालिका–४ मा घिसिङले नेपाली कांग्रेससँग तालमेल गरेर निर्वाचनमा लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्