सुनापति गाउँपालिकामा विजयको नजिक माओवादी



५ जेठ, रामेछाप ।
सुनापति गाउँपालिको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयको नजिक पुगेको छ । ४ वटा वडाको मतगणना सम्पन्न भएर अब गाउँपालिकाको २ नम्बर वडा दिमीपोखरीको मतगणना कार्य जारी छ । अब करिब ६ सय मतगणना मात्र गर्न बाँकी छ । गाउँपालिकाको १,३,४ र ५ नम्बर वडाको मतगणना सम्पन्न भएको छ । सुनापति गाउँपालिका–१ मा माओवादी केन्द्रका चण्डेश्वर चौलागाई, वडा नम्बर ५ मा माओवादीकै ठूलोकान्छा तामाङ र वडा नम्बर ३ हिलेदेवीकामा पनि माओवादीका बाबुराम तामाङ वडा अध्यक्षमा विजयी भइसकेका छन् । सुनापति गाउँपालिका–४ मा भने स्वतन्त्र उम्मेदवार खड्ग घिसिङ विजयी भएका छन् ।
सुनापति गाउँपालिकाको पछिल्लो मत परिणाम अनुसा र
माओवादी केन्द्र
अध्यक्षमा धावा लामा ४४६९
उपाध्यक्षमा गिता विष्ट ४५३९
कांग्रेस
अध्यक्षमा जितेन्द्र मोक्तान ३५९१
उपाध्यक्षमा विनिता खड्का ३३६४

प्रतिक्रिया दिनुहोस्