सुनापति गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी



५ जेठ, काठमाडौं ।
रामेछापको सुनापति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नै नेकपा माओवादी केन्द्र विजयी भएको छ । सुनपाति गाउँपालिकाको अध्यक्षमा धावा लामाले ४७३६ र उपाध्यक्षमा गिता विष्टले ४८२२ मत ल्याएर विजयी भएका हुन् । सुनापति गाउँपालिकाको अध्यक्ष निर्वाचित लामा रामेछापका जिल्ला इन्चार्ज एवं माओवादीका पोलिटब्यूरो सदस्य समेत हुन् ।

त्यसैगरी निकटतम प्रतिद्धन्द्धी कांग्रेसको जितेन्द्र मोक्तानले ३९६६ मत ल्याए भने उपाध्यक्षमा कांग्रेसकी विनिता खडकाले ३७३३ मत प्राप्त गरिन । सुनपाति गाउँपालिकामा एमाले अध्यक्ष प्रदिप योञ्जनले१२०१ र उपाध्यक्षका उम्मेदवार पासाङ डोल्मा लामाले ११९९ मत प्राप्त गरिने । त्यसैगरी राप्रपाबाट अध्यक्षको उम्मेदवार रहेकी सुचित्रा  घिमिरे खत्रीले ९३ मत प्राप्त गरिने ।

सुनापति गाउँपालिकाको पाँच वटै वडामा माओवादी केन्द्र प्यानल सहित विजयी भएको छ । सुनापति गाउँपालिका–१ गुन्सीमा चण्डेश्वर चौलागाई, वडा नम्बर २ दिमीपोखरीमा कमल केसी, वडा नम्बर ३ हिलेदेवीमा बाबुराम तामाङ वडा नम्बर ४ बेथानमा माओवादीबाटै स्वतन्त्र उम्मेदवार खड्क घिसिङ र वडा नम्बर ५ खनियापानीबाट ठूलोकान्छा तामाङ विजयी भएका छन् ।


नवनिर्वाचित सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले सबैको साथ र सहयोग लिएर सुनापति गाउँपालिकाको विकास गर्ने बताए । उनले भने सबै राजनीतिक दलरुको सहयोग लिएर अगाडि बढ्ने बताउदै आफूलाई निर्वाचनमा विजयी गराउने सबैलाई धन्यवाद दिए । उनले रामेछाप भने, निर्वाचन अघि सुनापति गाउँपालिकालाई समृद्ध बनाउने गरिएको प्रतिबद्धता पूरा गर्छु ।’

त्यसैगरी नवनिर्वाचित सुनापति गाउँपालिका उपाध्यक्ष गिता विष्ट (चौलागाई)ले निर्वाचनमा आफ्नो पार्टीले जनता समक्ष गरिएको प्रतिबद्धता अनुसार काम गर्ने बताइन । उनले रामेछाप न्युजसँग भनिन,‘निर्वाचनमा जे प्रतिबद्धता गरेका छौ, त्यो पूरा गर्न मन बचन र कर्मको साथ लाग्छौ, सबै पक्षलाई समेटेर अगाडि बढ्छौं ।’ उपाध्यक्ष विष्टले निर्वाचनमा आफ्नो पार्टीलाई विजय गराउने मतदातालाई धन्यवाद दिदै अब जनतालाई सहज ढंगले सेवा सुविधा दिएर गुण तिर्ने बताइन ।

प्रतिक्रिया दिनुहोस्