रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्षमा एमाले विजयी



५ जेठ, रामेछाप ।
रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । खँडादेवीको अध्यक्षमा एमालेका प्रेम तामाङ ४८७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अध्यक्ष उम्मेदवार बेदराज लामाले ३२४४ मत पाए ।

उपाध्यक्षमा एमालेकै मखमली श्रेष्ठले जितिन् । उनले ४९१६ मत ल्याएर उपाध्यक्ष पद पक्का गरेकी हुन् । यो सँगै रामेछापका सबै स्थानीतहको नतिजा आएको छ ।

रामेछापको ८ मध्ये एक नगरपालिकासहित ४ गाउँपालिकामा एमालेले विजयी भएको छ । त्यसैगरी दुई गाउँपालिका नेकपा एमाओवादी केन्द्र र एक स्थानीय तहमा कांग्रेसले विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्