रामेछापको २८ वडा अध्यक्षमा एमाले विजयी कसले कहाँ जिते ? (सुचि सहित)



६ जेठ, रामेछाप ।
स्थानीय तहको निर्वाचनमा रामेछापको ८ स्थानीय तह मध्ये ५ स्थानीय तहको प्रमुखमा नेकपा एमालेले विजयी हासिल गरेको छ । रामेछापको ६४ वडा मध्ये एमालेले २८ वडा अध्यक्षमा विजयी भएको छ । नेकपा एमाले रामेछापका प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कीले रामेछापको ५ स्थानीय तहको प्रमुख चार स्थानीय तहको उपप्रमुख सहित २८ वटा वडाको अध्यक्ष विजयी हासिल गरेको बताए ।

उनले रामेछाप न्युजसँग भने,‘जनताले एमालेललाई विश्वास गरेर रामेछापमा बहुमत संख्यामा विजयी गराएका छन, एमाले अब मन बचन र कर्मबाट जनताको सेवा गर्ने कार्यमा जुटछ ।’

यी हुन रामेछापको २८ वडामा एमालेबाट विजयी वडा अध्यक्षहरु
उमाकुण्ड गाउँपालिका
१.उमाकुण्ड गाउँपालिका–५ प्रितीमा कुविर खत्री
२.उमाकुण्ड गाउपालिका–६ गुप्तेश्वरमा कृष्णकुमार सुनुवार
३.उमाकुण्ड गाउँपालिका–७ भुजीमा रुद्रमणि नेवार
गोकुलगंगा गाउँपालिका
४.गोकुलगंगा गाउँपालिका–२ ठोसमा शेखरमान श्रेष्ठ
५.गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा नरविक्रम कार्की
६.गोकुलगंगा गाउँपालिका–५ नामाडीमा बलराम खड्का

लिखु गाउँपालिका
७.लिखु गाउँपालिका–१ दुरागाउँमा निङमार तामाङ
८.लिखु गाउँपालिका–३ बिजुलीकोटमा यमबहादुर महत
९.लिखु गाउँपालिका–४ बिजुलकोटमा लिला बस्नेत
१०.लिखु गाउँपालिका–५ नागदहमा सोमबहादुर तामाङ
११.लिखु गाउँपालिका–६ खिम्तीमा शिवप्रसाद न्यौपाने
१२.लिखु गाउँपालिका–७ तिल्पुङमा सुभास बोहोरा

रामेछाप नगरपालिका
१३.रामेछाप नगरापलिका–१ गोठगाउँमा नरबहादुर थापा
१४.रामेछाप नगरापािलका–३ साँघुटारमा भुपाल श्रेष्ठ
१५.रामेछाप नगरपालिका–६ ओख्रेनीमा धनबहादुर खड्का

मन्थली नगरपालिका
१६.मन्थली नगरपालिका–६ भलुवाजोरमा गोपाल माझी
१७.मन्थली नगरपालिका–७ भटौलीमा सुर्दशन प्रसाई
१८.मन्थली नगरपालिका–८चिसापानीमा राजकुमार श्रेष्ठ
१९.मन्थली नगरपालिका–१२ गेलुमा कृष्णहरि अधिकारी
२०.मन्थली नगरपालिका–१३ फुलासीमा राजेन्द्र चौहान

दोरम्बा गाउँपालिका
२१.दोरम्बा गाउँपालिका–१ डडुवामा ढालबहादुर रानामगर
२२.दोरम्बा गाउँपालिका–३ टोकरपुरमा लालबदन थापामगर

खाडाँदेवी गाउँपालिका
२३.खाडाँदेवी गाउँपालिका–३ भीरपानीमा पुष्कर कार्की
२४.खाडाँदेवी गाउँपालिका–४ परकरवासमा धनबहादुर मान्नधर
२५.खाडाँदववेी गाउँपालिका–५ पकरवासमा तुलसी श्रेष्ठ
२६.खाडाँदेवी गाउँपालिका–६ माकादुममा पुष्कर कार्की
२७. खाडाँदेवी गाउँपालिका–८ गागलभदौरेमा इन्द्रबहादुर तामाङ
२८.खाँडादेवी गाउँपालिका–९ पिङखुरीमा चिनिमाया तामाङ

प्रतिक्रिया दिनुहोस्