सुनापति गाउँपालिकाको विकासमा जुटछौंःअध्यक्ष लामा



६ जेठ, रामेछाप ।
नेकपा माओवादी केन्द्र सुनापति गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष धावा लामाले निर्वाचनमा अघि आफूहरुले गरेको प्रतिबद्धता पुरा गर्नेब बताएका छन् । सुनापति गाउँपालिका–२ दिमिपोखरीमा आयोजित विजय सभालाई सम्बोधन गर्दै अध्यक्ष लामाले सुनापति गाउँपालिकाको समृद्धिको लागि लागि पर्ने बताए ।

माओवादी केन्द्रका पोलिटब्युरो एवं रामेछापका इन्चार्ज समेत रहेको अध्यक्ष लामाले गाउँपालिकामा अनियमितता र भ्रष्टाचार हुन नदिने बताउदै भने,‘निर्वाचन अघि जे प्रतिबद्धता व्यक्त गरिएको छ अब प्रतिबद्धता व्यवहारमा लागू गछौं ।’

नेकपा माओवादी केन्द्र सुनापति गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष गिता विष्ट (चौलागाई)ले सुनापति गाउँपालिकाको विकास गर्न गुरु योजना बनाएर नै काम गर्ने बताइन ।उनले भने,‘निर्वाचन अघि हामीले सुनापति गाउँपालिकालाई समृद्ध बनाउने खाका अगाडि सारेका छौ, अब प्रतिबद्धता अनुसार कार्यान्वयन गछौं ।’ उपाध्यक्ष विष्टले जनताले दिएको मतको सम्मान गर्दै पाँच बर्षको अवधिमा सुनापति गाउँपालिकामा जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउने बताइन ।

कार्यक्रममा सुनापति गाउँपालिका–२ दिमीपोखरीका नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष कमल केसीले निर्वाचनमा विजयी गराउन सहयोग गर्ने सबै जनतालाई धन्यवाद दिए । उनले निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्