दोरम्बा गाउँपालिकाको विकास गर्न प्रतिबद्ध छौःअध्यक्ष मोक्तान



६ जेठ, रामेछाप ।
नेकपा माओवादी केन्द्र दोरम्बा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष कमानसिंह मोक्तानले दोरम्बा गाउँपालिकाको विकास गर्नु नै आफहरुको एक मात्र लक्ष्य रहेको बताए । उनले सिंहदरवारको अधिकार गाउँगाउँमा आइपुगेको बताउदै अब जनतालाई सहज रुपमा सेवा सुविधा प्रदान गर्दै गाउँपालिकाको विकासमा लाग्ने बताए । अध्यक्ष मोक्तानले जनताले विश्वास गरेर विजयी गराएकाले जनताको चाहना र भावना अनुसार काम गर्ने बताए ।


माओवादी केन्द्र दोरम्बा गाउँपालिका उपाध्यक्ष कृषला घिसिङले दोरम्बा गाउँपालिकाको विकास र समृद्धि नै अबको एक मात्र लक्ष्य भएको बताइन । गाउँपालिको आवश्यकता पहिचान गरी प्राथमिकताको आधारमा विकास निर्माणेका कामलाई गति दिन लागि पर्ने उनले बताइन ।
दोरम्बा गाउँपालिका–६ लखनपुरमा आयोजित विजय सभालाई सम्बोधन गर्दै दोरम्बा गाउँपालिका–६ लखनपुरका वडा अध्यक्ष अम्बिका प्रसाद गजुरेले ‘अनुप’ले वडाको विकास गर्न गुरु योजना बनाएर नै काम गर्ने बताए । उनले वडाका जनताको जीवनस्तरमा परिवर्तन गर्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्