लिखु गाउँपालिकालाई तीन बर्षभित्र समृद्ध बनाउछुःअध्यक्ष खड्का



७ जेठ, रामेछाप ।
रामेछाप लिखु गाउँपालिकाका नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष गोविन्द बहादुर खड्काले तीन बर्षभित्र गाउँपालिकालाई समृद्ध बनाउने घोषणा गरेका छन् । उनले गाउँपालिकाको समृद्धिको लागि गुरु योजना बनाएरै काम गर्ने बताएका हुन् । रामेछाप न्युजसँग अध्यक्ष खड्काले भने,‘निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार नै काम गर्छु, जे बोलेको छु त्यो गरेर देखाउछु ।’
गाउँपालिकाको सबै वडामा सडक पुगेपनि अब टोलटोलमा सडक पुर्याएर जनतालाई सुविधाा दिने र गाउँपालिकाको सडकलाई पहिलो प्राथमिकतामा राखेर स्तरउन्नती गर्ने खड्काले बताए । शिक्षा स्वास्थ्य, विद्युतीकरणको कामलाई उच्च प्राथमिकता दिदै कृषिलाई आधुनिकरण गर्ने योजना तत्काल लागू गर्ने बताउदै खड्काले भने,‘जनताको जीवनस्तरमा परिवर्तन आउने गरी काम गरेर देखाउछु ।’

लिखु खोलामा सञ्चालन हुने जलविद्युत आयोजनमा प्रभावित क्षेत्रका जनतालई निशुल्क र गाउँपालिका अन्य वडाका जनतालाई अनिवार्य रुपमा सेयर हाल्ने व्यवस्था मिलाइने बताउदै अध्यक्ष खड्काले प्रत्येक जनताको घरघरमा विकासको अनुभूति हुने गरी काम गर्ने बताए ।
जनताको चाहना विपरीतको काम नगर्ने बताउदै उहाँले विगतमा जनप्रतिनिधि नभएर काम गरे पनि अब जनताले मतको सम्मान गर्दै गाउँपालिकोको समृद्धिको लागि मन बचन र कर्मबाट लाग्ने बताए । ‘मैले पदमा नभएर पनि गाउँपालिकाको विकासमा विगतमा पनि भूमिका खेलेको छ’, अध्यक्ष खड्काले भने,‘अब गाउँपालिकाको विकास गर्न उद्योग धन्दा सञ्चालन गरेर गाउँघरमा नै रोजगारी सृजना गर्ने काम गर्छु ।’
उनले भुकम्पपछिको पुनर्निमाणको कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताउदै भुकम्प पीडित भएर पनि राहत पाउन छुटेका भुकम्प पीडितलाई तत्काल राहत दिलाउने व्यवस्था मिलाउने बताए । उनले अत्याधिक मत दिएर विजयी गराउने जनतालाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्