यी हुन रामेछापको ८ स्थानीय तहबाट ३३६ विजयी जनप्रतिनिधि, कसले कति मत प्राप्त गरे ? (मतपरिणमको सूचि सहित)



८ जेठ, रामेछाप ।
रामेछापको ८ स्थानीय तहमा गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट ३३६ जनप्रतिनिधि चुनिएका छन् । रामेछापको दुई नगरपालिका नगर प्रमुख, नगर उपप्रमुख, ६ गाउँपालिका अध्यक्ष उपाध्यक्ष र ६४ वटा वडा अध्यक्ष र प्रत्येक वडामा पाँच जना सदस्य सहित ३३६ जना जनप्रतिनिधि विजयी भएका हुन् । स्थानीय तहको निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय रामेछापमा दर्ता भएका १७ राजनीतिक दलहरुबाट १२ सय ६५ जनाले उम्मेदवारी दिएका थिए ।
स्थानीय तहको निर्वाचनमा ७० प्रतिशत मतदान भएको थियो । रामेछापमा रहेका १ लाख ३४ हजार ६ सय २० जना मतदाता मध्ये स्थानीय तहको निर्वाचनमा ९४ हजार ३ सय ८ जनाले मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय रामेछापका निर्वाचन अधिकारी कपिल प्रसाद उपाध्यायले रामेछाप न्युजलाई बताए ।

रामेछापको ८ स्थानीय तह मध्ये मन्थली नगरपालिकाको नगर प्रमुख रमेश बस्नेत,नगर उप्रमुख माया कार्की,, लिखु गाउँपालिको अध्यक्ष गोविन्द्र बहादुर खड्का, उपाध्यक्ष दिपशिखा दाहाल, उमाकुण्ड गाउँपालिको अध्यक्ष शेरबहादुर सुनुवार, गोकुलगंगा गाउँपालिकाको अध्यक्ष खड्कबाहदुर सुनुवार, उपाध्यक्ष राधिका श्रेष्ठ र खाँडादेवी गाउँपालिको अध्यक्ष प्रेम तामाङ, उपाध्यक्षमा मखमली श्रेष्ठ नेकपा एमालेबाट विजयी भएका छन् । लामो समयपछि रामेछापमा एमाले स्थानीय तहको निर्वाचनमा बहुमत हासिल गरेको छ ।

रामेछापको सुनापति गाउँपालिकाको अध्यक्षमा धावा लामा, उपाध्यक्षमा गिता विष्ट, दोरम्बा गाउँपालिकाको अध्यक्ष कमानसिंह मोक्तान,उपाध्यक्षमा कृशला घिसिङ नेकपा माओवादी केन्द्र विजयी भएका छन् । रामेछाप नगरपालिकाको नगर प्रमुखमा नरबहादुर थापामगर र नगर उपप्रमुख सृजना खडका् र उमाकुण्ड गाउँपालिको उपाध्यक्षमा उर्मिला कार्की कांग्रेसबाट विजयी भएका छन् ।

रामेछापको ८ स्थानीय तहमा रहेको ६४ वडा मध्ये एमालेले २८ वटा वडा अध्यक्षमा प्यान सहित विजयी भएको छ । रामेछापको पाँच स्थानीय तहमा विजयी हासिल गरेको एमालेले वडा अध्यक्षमा अग्रता लिएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रले ८ स्थानीय तहमा २३ वटा वडा अध्यक्षमा विजयी भएको छ भने नेपाली कांग्रेस ८ स्थानीय तहमा १३ वटा वडा अध्यक्षमा विजयी हासिल गरेको छ ।

रामेछापको ८ स्थानी ययतहमा एक मात्र महिला वडा अध्यक्ष खाँडादेवी गाउँपालिका–९ पिङखुरीमा चिनिमाया तामाङ विजयी भएकी छिन् । वडा अध्यक्षमा अधिकाशं तीन पार्टीको प्यानल सहित नै विजयी भएका छन् । वडाको खुल्ला सदस्यमा पनि महिलाको विजयी शुन्य रहेको छ ।

रामेछापको ८ स्थानीय तहमा विजयी हुने उम्मेदवारको नामावली, कसले कति मत प्राप्त गरे पूर्ण विवरण सहित ।

प्रतिक्रिया दिनुहोस्