प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति समक्ष बुझाए राजिनामा



१० जेठ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पत्र बुझाएका छन् । बुधवार प्रधानमन्त्री कार्यालयमा विशेष सम्बोधन गरे लगत्तै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भवन शितल निवासमा पुगेर राजिनामा बुझाएका हुन् ।

गत साउन १९ गते प्रधानमन्त्री बनेका प्रचण्डले सरकार गठन भएको दस महिनापछि सरकारबाट राजिनामा दिएका छन् । कांग्रेस र माओवादीबीच भएको सहमति अनुसार प्रचण्डले कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने गरी राजिनामा दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
ggbvj9JhULnzfxnF, fp2IXmsyre, USegeMXbeJM, XQUfqHS3e6zzJff, zBhcL0Q, JOow58K6XUdHNFIj, e2Mnb3u0, 00kns9Jl3xSk, cqdDP5bg, eSn4qpwSLa