सुनापति गाउँपालिकामा निर्वाचन हारेपछि कांग्रेसभित्र भाँडभैलो



११ जेठ, रामेछाप ।
स्थानीय तहको निर्वाचनमा रामेछापको सुनापति गाउँपालिकामा पराजित भएपछि नेपाली कांग्रेसभित्र भाँडभैलो सुरु भएको छ । निर्वाचनमा पराजित भएपछि एकले अर्कोलाई अन्तरघात गरेको आरोप लगाउदै पार्टीबाट कारवाही गर्नुपर्ने समेत माग गरेका छन् । सुनापति गाउँपालिकामा यस पटक आफ्नो पार्टीले निर्वाचनमा विजयी हुने निष्कर्ष निकालेको कांग्रेसले पराजय भोग्नु परेपछि उपाध्यक्ष उम्मेदवार विनिता खड्का आफ्नै गाउँका नेताहरुमाथि खनिएकी छिन ।

समिक्षा बैठकमा नै क्षेत्रीय सदस्य अनल खड्काले आफूलाई निर्वाचनमा हराउन भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरेकी थिइन । बैठकमा सहभागी एक नेताले रामेछाप न्युजसँग भने,‘अनल खड्काले भोट हाल्दा मैले हेरेको थिए, चियाएर हेर्दा मैले रुखमा भोट हालेको देखिन ।

खड्का भने सुनापति गाउँपालिका–५ भिरकोट बुथमा एजेण्ड बसेर पछि मात्र मतदान गर्न कन्जुटे बुथमा आएका थिए । पार्टीलाई विजयी गराउन रातदिन नभिनी लाग्दा पनि आफूमाथि अन्तरघात गरेको आरोप लाग्दा निकै दुःख लागेको खड्काले बताए । उनले रामेछाप न्युजसँग भने,‘मैले अन्तरघात गएको भए म कारवाही भोग्न तयार छु, होइन भने आरोप लगाउने व्यक्तिमाथि कारवाही गर्नुपर्छ ।’
त्यसैगरी सुनापति गाउँपालिकामा पार्टीभित्रैबाट अन्तरघात भएको महाधिवेशन प्रतिनिधि भरत चौलागाईले सुनापति गाउँपालिका केही व्यक्तिलाई कारवाही गर्नुपर्ने माग गरेका थिए । काठमाडौंको एक रेष्टुरेष्टमा भएको समिक्षा बैठकमा क्षेत्रीय सदस्य अनल खड्कामाथि कारवाहीको गर्नुपर्ने माग उपाध्यक्षका पराजित उम्मेदवार विनिता खड्काले उठाएकी थिइन । खड्को भनाईलाई साथ दिदै खनियापानीमा अन्तरघात भएको भन्दै चौलागाई कारवाहीको माग गरेका थिए ।

निर्वाचनमा पराजित भएपछि सुनापति गाउँपालिकाको केन्द्र हिलेदेवीमा मतगणना गर्दै विवाद सुरु भएको थियो । कार्यकर्ताहरुले पार्टीले नेतृत्वले पार्टीमा योगदान गरेको व्यक्तिलाई भन्दा पनि नेताको खल्तीबाट टिकट वितरण गर्दा पराजय भोग्नु परेको भन्दै नेतृत्वमाथि खनिएका थिए । समिक्षा बैठकमा लामो समयदेखि कांग्रेसका राजनीतिमा सक्रिय चन्द्र चौलागाईलाई बैठकमा नै बोलाइएको थिएन । भरत चौलागाइले सुनापति गाउँपालिका–१ गुन्सी वडा कमिटीलाई चन्द्र चौलागाईमाथि करवाही गर्न सिफारिस गर्र्न दबाब दिएको छ ।

महाअधिवेशन प्रतिनिधि भरत चौलागाईले आफूले व्यक्ति विशेषलाई तोकेर कसैलाई पनि कारवाही गर्नुपर्ने माग नराखेको बताए । उनले रामेछाप न्युजसँग भने,‘अन्तरघात भएको विषयमा छलफलन गरेर सम्बिन्धित कमिटीले नै कारवाही गर्छ ।’ मैले कारवाही गर्नुपर्छ भनेकै छैन, कसले भन्यो मलाई थाहा छैन, कोही दोषी भए कारवाही होला, उनले भने ।
तर भरत चौलागाईले क्षेत्रीय सदस्य अनल खड्कामाथि लक्षित गर्दे कारवाही गर्नुपर्ने माग गरेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार यदी अन्तरघात गर्ने व्यक्तिमाथि कारवाही नभए आफूले पार्टी नै छोडनेसम्मको चेतावनी चौलागाईले दिएका थिए । भरत चौलागाईले निकै पेल्न खोलेपछि क्षेत्रीय सदस्य अनल खड्काले पनि निर्वाचनमा आफूले पार्टीलाई जिताउन लाग्दा पनि अनावश्यक रुपमा आरोप लगाएको भन्दै प्रतिवाद गरेका थिएन ।

क्षेत्रीय सदस्य अनल खड्काले पार्टीभित्र गुट उपगुटले गर्दा पार्टी पराजय हुनु परेको बताए । उनले भने,‘उम्मेदवार जिम्मेवारी हुन नसक्नु,कार्यकर्ता परिचालनमा कमजोरी गरेर पराजलाई अन्तरघात भन्नु गलत हो । उनले उपाध्यक्ष उम्मेदवार छनोटमा गल्ती भएको र उपाध्यक्षको उम्मेदवारको बुबा गाउँमा भ्रष्टाचारको आरोप लागेको हुनाले पनि पार्टी पराजय भएको बताए ।
समिक्षा बैठकमा रामेछाप कांग्रेसका पूर्व सभापति एवं नेता रामचन्द्र खड्काले कसैलाई पनि कारवाही गर्ने कुरा नउठाउन आग्रह गरेका थिए । बैठकमा उनले भनेका थिए,‘कुनै पनि व्यक्तिमाथि कारवाही हुँदैन यदी कारवाही गर्नु छ भने मलाई गरे हुन्छ ।’

सुनापति गाउँपालिका–४ बेथानमा स्वतन्त्र उम्मेदवार खड्क घिसिङसँग तालमेल गरेर चार सदस्य जित्ने उदेश्य सहित चुनावी तालमले गरेपनि चारै जना सदस्य पराजित भएका थिए । सुनापति गाउँपालिकामा कांग्रेसले एक जना वडा सदस्य पनि जित्न नसकेपछि कांग्रेसका कार्यकर्ताहरु नेतृत्वमाथि खनिएका छन् । रामेछापको ८ स्थानीय तह मध्ये रामेछाप नगरपालिकाको नगर प्रमुख, नगर उपप्रमुख र उमाकुण्ड गाउँपालिकाको उपाध्यक्षमा र १३ वटा वडा अध्यक्ष मात्र जितेको छ ।

प्रतिक्रिया दिनुहोस्