सुनापति गाउँपालिकाको पहिलो निर्णय ‘उज्यालो सुनापति अभियान’



१२ जेठ, रामेछाप ।
सुनापति गाउँपालिकाभित्र बिजुली बत्ती पुग्न बाँकी रहेका सबै क्षेत्रमा आगामी ६ महिनाभित्र विद्युतीकरण गरिसक्ने निर्णय सुनापति गाउँपालिकाको पहिलो बैठकले गरेको छ । गाउँपालिकाका अध्यक्ष धावा लामाको अध्यक्षतामा बसेका बैठकले गाउँपालिकाको विकास गर्नको लागि तत्कालिन रुपमा चार वटा निर्णय गरेको छ ।

सुनापति गाउँपालिका–१ गुन्सी र वडा नम्बर २ दिमीपोखरी जोडने सडकको स्तरउन्नती गर्ने, उज्यालो सुनापति अभियान अन्तर्गत बिजुली पुग्न बाँकी क्षेत्रमा आगामी ६ महिनाभित्र बिद्युतीकरण गर्ने, जिर्ण पोलहरुको सट्टा फलामको पोल हाल्ने र मिटर नपुगेको ठाउँमा मिटर जडान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले सबै वडाहरुमा सञ्चालनमा रहेका निर्माणाधिन सडकहरुलाई व्यस्थित गर्ने र टोलटोलमा सडक पुर्याउन समानुपातिक रुपमा बजेट वितरण गर्ने निर्णय गरेको अध्यक्ष धावा लामाले बताए । उनले भने,‘गाउँपालिकामा खानेपानीको पनि समस्या जटिल बन्दै गएको छ, खानेपानीको लागि सञ्चालनमा रहेका स्रोतहरुलाई व्यवस्थित गर्ने र नयाँ आयोजना सञ्चालन गर्ने निर्णय भएको छ ।’ उनले निर्वाचनमा जनता समक्ष गरेको प्रतिबद्धता अनुसार प्राथमिकताको आधारमा कार्यन्वयन गर्दै जाने र आगामी पाँच बर्षभित्र सुनापति गाउँपालिकालाई समृद्धि बनाउने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्