लुक्लामा गोमा एरयको कार्गो विमान दुर्घटनाःचालको अवस्था गम्भीर



१३ जेठ, काठमाडौं ।
गोमा एयरको कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ ।काठमाडौंबाट उडेको नाइन एन ए के वाई कलसाइन भएको कार्गो विमान अवतरणका क्रममा रुखमा ठोक्किएर दुर्घटना भएको हो । २ बजेर ४ मिनेटमा विमान दुर्घटनामा परेको थियो ।विमानका चालक चालक पारस राई र सहचालक सृजन मानन्धरको अवस्था गम्भीर रहेको छ भने विमान परिचारिका प्रज्ञा महर्जन अवस्था सामान्य रहेको छ ।

तीनै जनाको उद्दार गरिएको छ । विमानको अघिल्लो भागमा क्षति भएकाले चालक दलका सदस्यहरूको उद्दार निकै कठिन भएको थियो । तर, उनीहरूको उद्दार गरिएको छ र अस्पताल लगिएको छ ।
चालक राईको अवस्था केही गम्भीर छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याउन प्रयास भएपनि खराब मौसमको कारण हेलिकप्टर मार्फत काठमाडौं ल्याउन नसकिएको बताइएको छ ।
काठमाडौंबाट उठेको गोमा एयरको कार्गो विमान अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।विमान धावनमार्गबाट केही तल खसेको र अगाडिको भागमा क्षति पुगेकाले चालकको उद्दारमा कठिनाई भएको थियो ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मौसममा सुधार आउनासाथ थप उपचारका लागि काठमाडौं पठाइने विमानस्थलका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्