दुर्घटनाग्रस्त गोमा एयरका पाइलट राईको निधन



१३ जेठ, काठमाडौं ।

तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुर्घटनाग्रस्त गोमा एयरको कार्गो विमानका पाइलट पारसकुमार राईको निधन भएको छ ।च्यापिएको अवस्थाबाट उद्धार गरिनु भएका राईको उपचारका क्रममा लुक्ला अस्पतालमा निधन भएको  हो ।
नाइन एन एके वाइ कल साइन र एलइटी ४१० फ्लाइट नम्बरको कार्गो विमान २ बजेर ५ मिनेट जाँदा लुक्लामा दुर्घटना थियो ।

कार्गो विमानमा पाइलट पारसकुमार रार्इ, कोपाइलट सिर्जन मानन्धर र एयर होस्टेस प्रज्ञा महर्जन सवार थिए। कार्गो विमान भएका कारण यात्रुहरु भने थिएनन ।

प्रतिक्रिया दिनुहोस्