अन्ततः कुलमान घिसिङकै जित



१८ जेठ, काठमडौं ।
भारतबाट दुई करोड थान एलइडी बल्ब खरिद गर्ने प्रक्रिया नरोकिने भएको छ। सर्वोच्च अदालतले खरिद प्रक्रिया रोक्न आदेश नदिएपछि नेपाल विद्युत प्राधिकरणलाई बाटो खुलेको हो।

प्राधिकरणले एलइडी बल्ब खरिद प्रक्रिया अघि बढाएपछि त्यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट परेको थियो। रिटमा बुधबार सुनुवाई गर्दै सर्वोच्चले विपक्षीको माग दाबी अनुसार आदेश जारी नगरेपछि बल्ब खरिद प्रक्रियाका लागि बाटो खुलेको हो। प्राधिकरणले लोडसेङिमुक्त अभियानलाई निरन्तरता दिन कम बिजुली खपत गर्ने बल्ब किन्न लागेको हो।

केहि मिडिया र व्यवासायीले बल्ब खरिद प्रत्रियामा आपत्ति जनाउदै आएका छन । अनियमितताको आरोप लागेपछि नेपाल विद्युत प्राधिकरणको प्रमुख कुलमान सञ्चारकर्मीमाझ रोएका थिए । सर्वोच्चको आदेशपछि कुलमानलालई राहत मिलेको छ ।अन्ततः कुलमान घिसिङकै जित भएको छ ।

प्रतिक्रिया दिनुहोस्