पाँच बर्षमा मैले पाउने तलब एक रुपैयाँ पनि लिन्नः अध्यक्ष खड्का



रामेछापको लिुख गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाको नाम संशोधन गरेर लिखु तामाकोसी गाउँपालिका नामाकरण गर्ने निर्णय गरेको छ । स्थानीय तह पुनर्संंरचना आयोगले लिखु गाउँपालिकाको केन्द्र बिजुलीकोट ताकेपनि गाउँपालिकाको बैठकले गाउँपालिकाको केन्द्र धोवी बजारमा नै राख्ने निर्णय लिएको छ । रामेछापको ८ वटा स्थानीय तह मध्ये नेकपा एमालेले ५ वटा स्थानीय तहमा विजयी हासिल गरेको छ ।

गोविन्द बहादुर खड्का, अध्यक्ष, लिखु गाउँपालिका,रामेछाप

लिखु गाउँपालिका नेकपा एमालेबाट हालै निर्वाचित भएका गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले पाँच बर्षे कार्यालयमा आफूले पाउने तलब एक रुपैयाँ पनि नलिने घोषणा गरेका छन् । उनले सबै तलब जनताको आवश्यकता अनुसार वितरण गर्ने बताए । अध्यक्ष खड्काले पहिलो महिनाको तलब लिखु गाउँपालिका–१ दुरागाउँका २२ घर भुकम्प पीडितलाई दिने र दोस्रो महिनाको तलब गाउँपालिका वडा नम्बर २ सैपुका असाहलाई दिने घोषणा गरिसकेका छन् । उनले तेस्रो महिनाको तलब भने गाउँपालिकाको वडा नम्बर ७ तिल्पुङका शहीद परिवारलाई दिने प्रतिबद्धता जनाएको बताएका छन् । गाउँपालिकामा निर्वाचित भएपछि अब गाउँपालिकाको विकास गर्ने योजना, निर्वाचनको क्रममा जनता समक्षा गरिएको प्रतिबद्धता र आगामी दिनको योजना लगायतको विषयमा केन्द्रीत रहेर लिखु गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर खड्कासँग रामेछाप न्युजले गरेको कुराकानीः–

निर्वाचनमा कसरी जित हासिल गर्नु भो ?
उम्मेदवारी दिएपछि म हरेक मतदाताको घर घरमा गएँ । मतदाताले एउटा युवा र गाउँपालिकाको विकास गर्नेे जनप्रतिनिधि खाजेको थियो । त्यसैगरी भूकम्पको समयमा जनतालाई मैले गरेको सहयोगलाई उहाँहरुले सम्झनुभयो । साथै चुनावी अभियानको समयमा हाम्रो गाउँपालिकामा विभिन्न पार्टी छोडेर हाम्रो पार्टीमा प्रवेश गर्नुभयो । साथै, अन्य पार्टीमा आस्था राख्ने मतदाताले पनि मेरो सम्भावना र योजनालाई मन पराउँदै मतदान गर्नुभयो । विकास निमार्णको काममा पनि मैले गरेको पहललाई जनताले सम्झनुभयो । त्यसैले पनि मलाई जितका लागि सहज भयो ।

तपाई एमालेको तर्फबाट उमेदवार बन्नुभयो र जित्नुभयो । अब एमालेका कार्यकर्ताका लागि मात्रै काम गर्नुहुन्छ कि अरुले पनि तपाईँबाट केही अपेक्षा गर्न सक्छन् ?
–मैले विजयी हुने वित्तिकै सबैलाई भनेको छु कि कांग्रेस,माओवादी वा अन्य मतदातालाई गाली गर्ने काम गर्ने छैन् । हाम्रो समाजमा विपक्षीलाई गाली गर्ने, आन्दोलन ढुंगामुढा गरियो भने नेता बनिन्छ भन्ने भ्रम छ । यो गलत छ । अब एमालेको कार्यकर्ता नभई लिुख गाउँपालिकाको अध्यक्षको रुपमा खुला हृदयले सबै जनतको हितमा काम गर्नेछु ।
तपाई जिल्ला र केन्द्रिय तहमा कसरी समन्वय गर्दै लिखु गाउँपालिकालाई चिनाउनुहुन्छ ?
–लिखु गाउँपालिकाको विकास र समृद्धिको लागि जिल्ला र केन्द्रसँग परामर्श गरेर योजनाबद्ध रुपमा नै काम गर्ने सोच बनाएको छ ।
गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले कसरी काम गर्नुपर्छ ? तपाईको के सुझाव छ ?
–लिुख गाउँपालिकामा भ्रष्टाचारमा शून्य सहनशिलता अपनाइनेछ । रामेछापको सबै स्थानीय तहमा मात्र नभई देशभरी यो विधि अपनाउनु पर्छ । कुनै किसिमको आर्थिक चलखेल हुन हामीले दिँदैनौं । अहिले जनताबाट निवाचित साथीहरुलाई म कुनै पनि प्रलोभनमा नपरी जनताको हितमा काम गर्नुपर्छ । हामीले भावी पुस्तालाई कस्तो बनाउने भन्नेमा हामी गम्भीर हुनुपर्छ । सबै मिलेर लिुख गाउँपालिकाको मुहार फेर्ने अभियानमा लाग्नु पर्छ । जनप्रतिनिधि भएपछि आग्रह र पूर्वाग्रह राखेर काम गर्नु हुँदैन । जनताको सेवा गर्न पाउनु नै जनप्रतिनिधिहरुको लागि ठूलो अवसर हो । यो अवसरलाई सदुपयोग गर्नुपर्छ । दुरुपयोग होइन ।
चुनावको बेला जनतासँग तपाईँले गर्नुभएको प्रतिवद्धता कसरी पूरा गर्नुहुन्छ ?
मैले चुनवाको दैरानमा म तलब खानका लागि होइन । सेवाका लागि आएको हो भनेको भनेको थिएँ । मेरो तलब असहाय, अशक्त, वृद्धवृद्धाको सेवामा र गरिब बालबालिकाको शिक्षामा खर्च गर्छु भनेको थिएँ । त्यो पुरा गर्छु । मैले पाउने तलब म एक रुपैयाँ पनि लिने छैन । म पाँच वर्षकै तलब गरिबको रेखा मुनी रहेका, अशक्त र असहायका लागि खर्च गर्नेछु । यो घोषणा मैले गरिसकेको छु । त्यसबाहेक गाउँपालिकाको विकास र समृद्धिको लागि रातदिन नभनि काम गर्छु । गाउँपालिकाभित्र निर्माण हुने जलविद्युत आयोजनामा अनिवार्य रुपमा शेयर हाल्ने व्यवस्था गर्नेछु । देश विदेशको लगानी भित्र्याउन मेरो पहल हुनेछ । मैले पाँच वषभित्र गाउँपालिकाका युवाहरु वैदेशिक रोजगारीमा जान नपर्ने गरी रोजगारीको अवस्था सृजना गर्छु । सडक क्षेत्रमा पूर्वाधारको विकास गर्ने योजना बनाएर नै काम गछु । गाउँपालिकाभित्रको उर्बर भूमिलाई आधुनिक खेती गर्न प्रोत्साहित गर्ने योजना अगाडि सार्छु । पाँच बर्षको अवधिमा गाउँपालिकामा अस्पताल, एउटा कृषि क्याम्पस लगायतका पूर्वाधार निर्माण गर्ने योजना अगाडि सारेका छौं । प्रतिबद्धता अनुसार नै काम गछौं । जनतालाई झुटा आवश्वासन बाँडेका छौं । गर्न सकिने प्रतिबद्धता व्यक्त गरिएको छ । त्यो व्यवहारमा जनताले महशुस गर्ने गरी कामै गरेर देखाउछौं ।

प्रतिक्रिया दिनुहोस्