भरतपुरमा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णय



२० जेठ, काठमाडौं ।
निर्वाचन आयोगले भरतपुरमा पुनः मतदान गर्ने निर्णय गरेको छ । मतगणना गर्ने क्रममा जेठ १३ गते राती नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच विवाद भएपछि ९० वटा मतपत्र च्यातिएको थियो । मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले छानबिन समिति गठन गरेर अध्यायन गरेको थियो ।

छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा निर्वाचन आयोगले भतरपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । स्थगित भएको मतगणना गर्ने कार्य तत्काल अगाडि बढाउनु पर्ने माग राख्दै एमालेले संसद अबरुद्ध गर्दै आएको छ ।

निर्वाचन आयोगले निर्णयले भोली हुने प्रधानमन्त्रीको निर्वाचन समेत प्रभावित हुने भएको छ । भतरपुर महानगरपालिका एमालेबाट देवी ज्ञवाली र माओवादी केन्द्रबाट प्रचण्ड पुत्री रेणु दाहालले नगरपालिको नगर प्रमुखको रुपमा उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्