मन्थलीमा जब श्रीमानले श्रीमतीलाई खुकुरी हाने…..



२० जेठ, रामेछाप ।
रामेछापको मन्थली नगरपालिकामा श्रीमानले रक्सी खाएर श्रीमतीमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । मन्थली नगरपालिका–१ का थरहरि घिमिरेले रक्सी खाएर झगडा गर्ने क्रममा श्रीमतीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

कुखुरी प्रहारबाट घाइते भएकी घिमिरेको श्रीमतीको मन्थलीको देवकोटाचोकस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी कुमोद ढुंगेलले रामेछाप न्युजलाई बताए । उनका अनुसार पीडित श्रीमतीको चाहना अनुसार मुद्दा प्रक्रिया अगाडि बढाइनेछ । खुकुरी प्रहार गर्ने घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्