कुलमान घिसिङलाई धुर्मुसले सलाम गरेपछि….



२० जेठ, काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको प्रमुख कुलमान घिसिङको कामप्रति प्रभावित हुँदै हास्य कलाकार सिताराम कट्टेल धुर्मुसले अध्यारोलाई उज्यालो बनाउने भन्दै सलाम भनेका छन् ।

बागमती सफाइको अभियानको क्रममा सहभागी भएपछि तस्बीर खिचाउदै धुर्मुसले लोडसेडिङ मुक्त, भ्रष्टाचार मुक्त देश र पूर्ण सरसफाईयुक्त देश बनाउन सबै लागिपरे साच्चिकै सुन्दर र समृद्ध देश बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । धुर्मुसले आफने फेसबुकमा लेखेका छन,‘उज्यालो नेपालका अभियान्ता कुलमान घिसिङ लगायत सम्पूर्ण अभियान्ताहरुलाई सलाम ।’

प्रतिक्रिया दिनुहोस्